असार ९, २०८३ मंगलबार June 23, 2026

बैतडीको सञ्चार सेवा पुन सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अप्टिकल फाइबरको तार काटिँदा चारदिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।

बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमबारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया