असार २४, २०८२ मंगलबार July 8, 2025

ऊर्जामन्त्री टोपबहादुर रायामाझीलाई स्थानीयले लखेटे !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको कटारी नगरपालिका–४ मरुवामा ऊर्जामन्त्री टोपबहादुर रायामाझीलाई स्थानीयले लखे’टेका छन्। कटारी र सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट

प्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको विवाद मिलाउन आएका ऊर्जामन्त्री रायमाझी स्थानीयबाट उल्टै लखेटिएका हुन्। ऊर्जामन्त्री स्थानीयको वि’रोधपछी बिनानि’ष्कर्ष कटारी–४ मरुवाबाट फर्किएका छन्।

बिहीबार हेलिको’प्टरबाट कटारी आइपुगेका उनलाई स्थानीयले अवरोध पुर्‍याएका मरुवामा पुगेका मन्त्री रायमाझी वि’रुद्ध स्थानीयले चर्को ना’राबाजी गरेका थिए। स्थानीयले ल’खेट्न थालेपछि मन्त्री रायमाझीलई प्रशासन र बाक्लो सुरक्षाक’र्मीको उपस्थितिमा मरुवाबाट कटारी नगरपालिका’तर्फ सुरक्षित स्थानमा

लगिएको थियो। मन्त्री गाउँमा पुगे लगत्तै स्थानीयले घरबास उठ्ने भन्दै कोरिडोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए।

मन्त्री रायमाझीले ‘सुरक्षाकर्मी परिचालन गरेर भए पनि मरुवामै टावर राख्ने भनेपछि’ स्थानीयले ना’राबाजी गर्दै मन्त्रीलाई ल’खेटेका मरुवाका स्थानीय दीपक राउतले बताए। आ’क्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाक’र्मीले मन्त्री रायमाझीलाई घे’रा हालेर सु’रक्षित स्थान नगरपालिका

लगेको थियो। टावरको रुट परि’वर्तन गर्नुपर्ने, नगरे गाउँ नै जो’खिममा पर्ने स्थानीय डाकबहादुर थापा बताउँछन्। मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ।

उक्त क्षेत्रमा स्थानीयले क्षति पु¥र्‍याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन्।लामो समयदेखि अव’रुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको थियो।

प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्ता’वित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्तराखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन्।

प्रसारण लाइन निर्मा’णमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाट मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गइरहेको छ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जस मध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलो मिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने कामसमेत सकिएको छ।

नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरि’द–बि’क्री सम्झौ’ता (पिपिए) गरेको छ। कटारी ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन्।

स्थानीयले मन्त्री विरु’द्ध ‘ऊर्जा मन्त्री मु’र्दावाद, सेना परिचा लन गरे, गोली थाप्छौं’ भन्दै चर्को नाराबाजी संकेत गरेका थिए। यतिबेला मन्त्री रायामाझीलाई ल’खटेको भिडियो संञ्जालमा च’र्चामा आएको छ। थाहा खबरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया