असोज ९, २०८३ शुक्रबार September 25, 2026

काभ्रेपलाञ्चोकको सङ्कटा जात्रा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीयबासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।

यस वर्ष पनि विगतमा झैँ भिन्तुना ग्रुप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष प्रवीण कर्माचार्यले बताउनुभयो ।

विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उहाँको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना ग्रुपको अगुवाइमा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “सबै मिलेर पुनः शुरु गरेको यो दशौँ पटकको जात्रा हो ।”

पनौती नगरपालिकाअन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताउनुभयो । नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार वर्षमा ६६ वटा जात्रा तथा पर्व मनाइने गरिन्छ । नगरपालिकाले जात्रा तथा पर्व मनाउनलाई वार्षिक रु ३५ लाख बजेट छुट्याउँदै आएको छ । “जात्रालाई व्यवस्थित गरी मनाउनका लागि नगरपालिकाले छुट्याएको बजेटबाट जात्रामा समुदायको उपस्थिति र लाग्ने खर्चको आधारमा व्यवस्थापन गरी जात्रा तथा पर्व मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “जात्रामा रमाइलो हुनेभएपछि सङ्कटा जात्रामा पनौतीका चेलीबेटीहरुको उपस्थिति धेरै हुने गरेको छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार