श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दुई हप्तादेखि डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।

जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो लिङ्कबाट मोबाइल र टेलिफोन सञ्चालनका लागि रेडियो लिङ्क जडान कार्य पनि भइरहेकाले मर्मत गर्न ढिलो भएको क्षेत्रीय उपनिर्देशक खनालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार