असार २०, २०८२ शुक्रबार July 4, 2025

भारतको दुर्गन्ध अमेरिका आइरहेको छ : ट्रम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वायु प्रदूषणको विषयमा भारतको आलोचना गरेका छन्।

भारतको दिल्लीसहित कैयौं क्षेत्रको वायु गुणस्तर खतरनाक स्तरमा पुगको छ। ट्रम्पले यही विषयलाई लिएर भारतको आलोचना गर्दै भारतको दुर्गन्ध अमेरिका आइरहेको बताएका छन।

इकोनोमिक क्लब अफ न्युयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने,‘भारत, चीन र रुसको दुर्गन्ध उड्दै लस एन्जल्स पुग्दैछ।’

ट्रम्पले भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको आरोप लगाएका छन।

यसअघि पनि ट्रम्पले प्रदूषणको विषयलाई लिएर यी देशहरुको चर्को आलोचना गरेका थिए।

उनले भारत, रुस र चीनमा स्वस्थ हावा र पानी नभएको बताएको थिए।

हालैका दिनमा भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको त्यहाँका स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको थियो।

बुधबार त्यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको थियो।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार