असोज ९, २०८३ शुक्रबार September 25, 2026

शहीदको आत्माको शान्तिका लागि महायज्ञको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ज्ञात अज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गर्नुभएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा विद्रोही र सरकार पक्षबाट बलपूर्वक मारिएका ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि देशभरका सबै जिल्लाका प्रमुख नदीमा एकै दिन महायज्ञ गर्नुपर्ने मागका साथ सरस्वतीले मङ्गलबारदेखि अन्न त्याग गर्नुभएको हो ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठन काठमाडौँको अध्यक्षसमेत रहनुभएका स्वामी सरस्वतीले ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि अन्न त्यागको घोषणा गरेको उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व हिन्दू महासङ्घ, नेपाल धर्म संस्कृति सङ्गठनको केन्द्रीय समिति र जगद् गुरु मोहनशरण देवाचार्यले समेत उक्त माग गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । देशभर एकसाथ यस्तो महायज्ञ आयोजना गरे मात्र देशमा शान्ति कायम हुने सरस्वतीले विश्वास व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार