असोज ११, २०८३ आइतबार September 27, 2026

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो । १० हजार फिटभन्दा माथि उड्ने विमानमा मोबाइल सेवा र इन्टरनेट सेवा सञ्चालनका लागि विमानभित्रै पिको सेल अर्थात् फोरजीको सानो बीटीएस राख्नुपर्नेहुन्छ ।

सो बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भई विमानमा सेवा उपलब्ध हुने गर्छ । बीटीएस स्याटेलाइटमा कनेक्सन भने जुन देशको विमान हो । त्यही देशको दूरसञ्चार सेवा प्रदायकसँग हुने गर्छ ।

यसका लागि प्लेनमा पिको सेल अर्थात सानो प्रकारको बेसस्टेसन राखिएको हुन्छ । प्लेनले अन्य समयमा पनि जमिनमा रहेको टावर र सेक्युरिटी सेन्टरमा आफ्नो बारेमा स्याटेलाइट कनेक्सनमार्फत नियमित जानकारी उपलब्ध गराइरहेका हुन्छन् ।

नेपाली विमान कम्पनीमा बीटीएस राखिसकेपछि विभिन्न दूरसञ्चार प्रदायकसँग कनेक्ट हुने भएकाले नेपाली यात्रु लाभान्वित हुनेछन् । यो व्यवस्थासँगै १० हजार फिटमा उडेपछि मोबाइल अन गर्न सकिनेछ । अहिले विमानभित्र पसेदेखि नै मोबाइल स्विच अफ गराउने गरिन्छ । यद्यपि स्वीकृति लिएका कम्पनीले नेपाली आकाशमाथि अन्य देशका सेवाप्रदायकको नेटवर्कले पनि काम गर्न पाउनेछ ।

अन्तराष्ट्रिय नेटवर्क कम्पनी सीता एयरक्राफ्ट नामक सेवा प्रदायक तथा स्याटेलाइट कम्पनी थालेस र अभान्ती नामक कम्पनीले निवेदन दिएपछि प्राधिकरणले नीतिगत व्यवस्था गरेको हो । यसअघि यो विषयमा अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिसहितको एक समिति गठन गरिएको थियो ।

सो समितिले १० हजार फिटमाथि अन्य देशको दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिँदा नेपालको दूरसञ्चारमा कुनै किसिमको असर नपर्ने निष्कर्ष निकालेपछि नीतिगत निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।

विमानभित्र मोबाइल र इन्टरनेट सेवा दिन चाहने कम्पनीले विदेशमा वायु सेवा प्रदान गर्ने अनुमति पाएको हुनुपर्नेछ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबाट पनि सेवा सञ्चालनको अनुमति लिनुपर्नेहुन्छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार