असार २४, २०८२ मंगलबार July 8, 2025

जसपालाई फकाउँदै ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्।

सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो। जसपा नेता एवं कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो। ‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ। अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ’, कर्णले भने, ‘कुरा सकारात्मक छ।’

माग सम्बोधन गर्ने विषयमा निर्णायक तहमा छलफल गर्न सरकार र जसपाका शीर्ष नेताहरूबीच चाँडै बैठक बस्ने कर्णले बताए। आफूहरूले राखेका माग माग पूरा गर्ने प्रतिबद्धता सरकारले गरेको जानकारी उनले दिए।

जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए। उनले भने, ‘जसले माग पूरा गर्छ, हामीले त्यसैलाई समर्थन गर्छौं।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्नेबारेमा प्रधानमन्त्री ओलीले पनि पनि पटकपटक शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्।

कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका माग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कार्यदलमा सरकारतर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। जसपाले सत्ता समीकरण गर्नुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेलमा रहेका रेशम चौधरी ९निलम्बित सांसद० लाई थुनामुक्त गर्नुपर्र्ने, मधेस आन्दोलनका क्रममा नेता–कार्यकर्तालाई लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ।

जसपाको समर्थनमा ओली सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सत्ता समीकरण बनाउन चाहन्छन्। यसका लागि दुवै नेताले अलगअलग प्रस्ताव जसपासँग राखेका छन्। दुवैतिरबाट यस्तो प्रस्ताव आएपछि जसपाका शीर्ष नेताहरू मात्र होइन, दोस्रो तहका नेता पनि दुई कित्तामा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव र उनीहरू निकट नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन्।

सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन्। माओवादी केन्द्रसँगको कुराकानीमा धेरैजसो जसपाका संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुने गरेका छन्। ओलीसँगको कुराकानीमा जसपाका अर्का अध्यक्ष ठाकुर र नेता महतो सहभागी हुने गरेका छन्। महतो निकटका नेताहरूले जसले माग पूरा गर्छ, उसैलाई समर्थन गर्ने बताउँदै आएका छन।

एक नेताका अनुसार कुराकानीमा प्रधानमन्त्रीले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएको जसपाका अर्का एक नेताले बताए। प्रतिनिधिसभामा जसपाका ३४ सांसद भएकोमा दुईजना निलम्बित छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार