असोज ९, २०८३ शुक्रबार September 25, 2026

तीन आश्रमलाई वाग्मती सरकारको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उहाँले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताउनुभयो । मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष वल्लभ सापकोटाले सहकारीको भूमिकाका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार