असार २४, २०८२ मंगलबार July 8, 2025

राजनीतिले कोल्टे फेरेको छ, सम्भवतः छिटै नयाँ सरकार बन्छ : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टे फेरेको र सम्भवतः छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

‘हिजो र आजसम्मको काठमाडौंको  राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ । नयाँ परिस्थिति बन्नेछ ।’

शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया