मंसिर २५, २०८० सोमबार December 11, 2023

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्दीप त्यसयता अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइज लिगमा यत्रतत्र छाएका छन् ।

एक वर्षभित्र सर्वाधिक देशमा क्रिकेट खेलेको रेकर्ड नै बनाएका सन्दीपका लागि सबैभन्दा महत्वपूर्ण भने आईपीएल नै हो । विश्वकै चर्चित लिग भएकाले मात्र होइन, सन्दीपलाई एक्सपोजर दिलाउने पहिलो प्लेटफर्म भएकाले पनि यो उनका लागि महत्वपूर्ण छ ।

आईपीएलको १३ औं संस्करण सन् २०२० को अप्रिल/मेमा हुँदैछ । यसका लागि आगामी १९ डिसेम्बरमा अक्सन हुनेछ ।

सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्‍यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।

दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता छ । त्यसैले यसपालि पनि उनलाई दिल्लीले चाहेमा आफूसँगै राख्न सक्छ ।

सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौं मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले उनलाई यसपालि पनि रिलिज नगर्ने सम्भावना बलियो छ ।

यसो भएमा सन्दीपलाई आर्थिकरुपमा घाटा हुनेछ किनकी अक्सनमा आएमा उनलाई अरु टिमले महंगोमा खरिद गर्न सक्छन् । सन्दीपको स्तरअनुसार कम्तिमा दुई करोड भारु उनले पाउनुपर्ने हो । उनकै स्तरका अफगानिस्तानी खेलाडी मुजिब उर रहमानलाई गत वर्ष पञ्जाबले चार करोड भारुमा खरिद गरेको थियो ।

तर, महंगो बेस प्राइसमा अक्सनमा जाँदा कहिलेकाहीँ नबिक्ने खतरा पनि हुन्छ । सन्दीपले २०१९ को आईपीएलमा आफ्नो उत्कृष्ट लय कायम राख्न सकेका थिएनन् । फलस्वरुप दिल्लीले आधाजसो म्याचमा बेन्चमा राखेको थियो ।

कोको होलान् रिलिज ?

क्रिकइन्फोले आईपीएलका ८ फ्रेन्चाइजले यसपाली रिलिज गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ, यसमा सन्दीप परेका छैनन् ।

क्रिकइन्फोका अनुसार दिल्लीबाट रिलिज हुन सक्ने सम्भावित खेलाडीमा भारतीय स्पिनर अमित मिश्र पहिलो नम्बरमा छन् । ४ करोड भारुमा खरिद गरिएका यी ३६ वर्षीय स्पिनरले गत आईपीएलमा खासै प्रभाव देखाउन सकेनन् । त्यसैले दिल्लीले यसपालि उनलाई छुट्कारा दिनसक्छ ।

ओभरसिज खेलाडीमध्ये क्रिस मोरिस र कोलिन इन्ग्रामलाई दिल्लीले रिलिज गर्ने सम्भावना छ । अलराउन्डर मोरिस ११ करोड र ब्याट्सम्यान इन्ग्राम ६.४ करोडमा खरिद गरिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार