असार २४, २०८२ मंगलबार July 8, 2025

ईश्वरका कारण करोडौं घाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालयमा थन्क्याइएका उपप्रधानमन्त्री ईश्वर पोखरेल एउटा पुरानो जिम्मेवारी भने कायमै छ । नेपाल ट्रष्टको अध्यक्षको जिम्मेवारीबाट भने उनलाई हटाइएको छैन ।

उनकै नेतृत्वका कारण ट्रष्टले केही काम गर्न सकेको छैन । कमलादीस्थित काठमाडौं प्लाजामा मात्र ट्रष्टले पाँच करोडभन्दा धेरै घाटा बेहोरिसकेको छ । २ असारमा नै कन्सेप्ट डेभलपर्ससँग ट्रष्टको सम्झौता सकिएकोमा भवन अझै खाली हुन सकेको छैन । ट्रष्टले त्यसयता एक रुपैयाँ पनि भाडा समेत पाउन सकेको छैन ।

त्यस्तै अवस्था छ ताहाचलको जग्गाको । जहाँ भवन बनाउन यती समूहको थामसेर्कुलाई लिजमा दिइएकोमा अहिलेसम्म काम सुरु भएको छैन । विगतमा भएको चलखेलकै कारण त्यहाँपनि ट्रष्टले भाडा पनि पाएको छैन । यती समूहले नै दरबारमार्गमा बनाएको दरबार मलमा सम्झौता भन्दा एक तला धेरै बनाएको खुलेपछि थप भाडा असुली अघि बढ्न सकेको छैन । लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको जग्गाको लिज अवधि पनि एक महिनापछि सकिदैछ । त्यहाँको जग्गाको भने उच्च मूल्याङकन गरिएकाले लिज लाग्ने सम्भावना देखिएको छैन । जसकारण ट्रष्टले मासिक करोडौं भाडा गुमाउने स्थिती आइरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले नै सही निर्णय गर्न नसक्दा ट्रष्टका सम्पत्तिको सदुपयोग हुन सकेको छैन । ट्रष्टलाई धनी बनाउने भन्दा पोखरेल केही व्यापारीलाई धनी बनाउने अभियानमा लागेका छन् । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार