असोज २, २०८३ शुक्रबार September 18, 2026

सेयरबजारमा २२ करोडको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साताको अन्तिम दिन सेयरबजार शून्य दशमलव ७९ अंकले थामिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरबजारमा नेप्से सूचक उक्त अंकले बढेर ११३५.९५ विन्दुमा थामिएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक भने शून्य दशमलव ११ अंकले ओरालो लागेको छ।

अन्तिम दिन कुल १ सय ६३ कम्पनीको ८ लाख ३३ हजार ८ सय ८१ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार ५ सय १९ पटकको खरिदबिक्रीबाट आज कुल २२ करोड ८३ लाख ५७ हजारको सेयर कारोबार भएको हो।

कुल १२ समूहमध्ये आज भएको कारोबारमा होटल, विकास बैंक, अन्य र माइक्रोफाइनान्सको कारोबार सूचक घटेको छ। त्यस्तै वाणिज्य बैंक, व्यापार, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक बढेको छ।

कारोबार रकमका आधारमा आज एनएमबी बैंकको ४ करोड २९ लाखको सेयर बिक्री भएको छ। त्यस्तै नेपाल बैंकको १ करोड ३३ लाखको, हिमालयन डिस्टिलरीको १ करोड ३१ लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

आजको कारोबारका आधारमा कमाउने कम्पनीमा साल्ट ट्रेडिङ अगाडि छ। कम्पनीका सेयरधनीले प्रतिकित्ता ८५ रुपैयाँ आर्जन गरेका छन्। अन्य कम्पनीको सेयर मूल्य १४ रुपैयाँसम्म बढेको छ। त्यस्तै, गुमाउने कम्पनीहरुले प्रतिकित्ता ५.६ प्रतिशतसम्मको गिरावट व्यहोरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई सभापति गगन थापाको आह्वान
२०८३ असोज २, शुक्रबार
ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
२०८३ असोज २, शुक्रबार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
२०८३ असोज २, शुक्रबार
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
२०८३ असोज २, शुक्रबार
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार