असार २४, २०८२ मंगलबार July 8, 2025

नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिन अध्यक्ष केसीको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलवारदेखि बुटवलमा शुरू भएको छ ।सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले पुनःस्थापित संसद् फेरि विघटन गर्ने षड्यन्त्र शुरु भएको बताएका छन् ।

अध्यक्ष केसीले संसद्लाई बिजनेस नदिएर कामविहीन बनाउन खोजेको आरोपसमेत लगाएका छन् । उनले आफैंले विघटन गरेको संसद्लाई बिजनेस दिन अप्ठ्यारो भएमा नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिए ।

अदालतको फैसला आउँदा साथ राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिँड्नु लज्जास्पद भएको टिप्पणी अध्यक्ष केसीको भनाई छ। मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उनले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गरे। ‘कम्फर्ट सरकारको कुरा बाहिर आइरहेको छ । यो भनेको भारत अमेरिका तथा चीनको समर्थनमा बन्ने सरकार हो ।’ –केसीले दाबी गरे।

‘नेपाली जनताले चाहेको सरकार होइन, विदेशी दलालहरुले चाहेको सरकार बनाउने प्रयास भइरहेको छ । आफूलाई राष्ट्रवादी भन्नेहरुले समेत कम्फर्ट सरकारको नाममा विदेशी दलालहरुकोे पक्षमा अवकालत भइरहेको उनको आरोप रहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार