श्रावण ३०, २०८३ शनिबार August 15, 2026

विषयगत समिति प्रतिनिधित्व सङ्ख्याका आधारमा हेरफेर होस्ः एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) ले सर्वाेच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर नेकपा (एमाले) का सांसद खगराज अधिकारीले अदालतको फैसलापछि सदनमा एमाले र नेकपा (माओवादी केन्द्र)को उपस्थिति बेग्लैरूपमा रहे पनि संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “अदालतको फैसलापछि सदनमा एमाले र माओवादी केन्द्र नजिक भएर पनि बेग्लाबेग्लै बसाइको स्थितिमा छ, तर विषयगत समिति जाँदा अझै हामी पनि नेकपा बन्न बाध्य छौँ, यस्तो स्थिति संविधान, कानून, नियमावलीविपरीत छ, अब तत्काल सुधार गरियोस् ।”

सदनमा एउटा र समितिमा अर्काे पार्टी हुने असंवैधानिक काम गर्न कसैले उक्साउन नहुने बताउँदै सांसद अधिकारीले भन्नुभयो, “हामी संविधानसम्मत हुन चाहन्छौँ, संसदीय व्यवस्थाअनुसार दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व हुँदै आएको छ, हामी अहिले अलग भइसकेकाले अब हामी एमाले भएर समितिमा रहन चाहन्छौँ ।” उहाँले भन्नुभयो, “सत्तापक्षलाई बाध्य पारेर दबाब दिन पाइँदैन, प्रतिनिधित्वअनुरुप समितिमा रहने व्यवस्था होस्, समितिका कामकारवाहीलाई संविधान, कानूनअनुसार अघि बढाउन आजकै बैठकबाट समितिमा सांसद रहने व्यवस्था गरियोस्, अन्यथा हामी गैरकानूनी कामको साक्षीको फड्केकिनारा हुन सक्दैनौँ ।”

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा दलीय छलफल र सहमतिका आधारमा नामावली प्राप्त भएपछि समितिमा रहने सदस्यको फेरबदल गरिने स्पष्ट गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार