कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास

सरोकार भएका पक्षसँगको वार्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ताले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) को दोस्रो वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शिक्षा क्षेत्रका संयोजक पौडेलले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ विगत सरकारकै मस्यौदाका आधारमा ल्याइएको जनाउनुभयो । उहाँले यो नियमावली ल्याउनुपर्ने आवश्यकता भएरै ल्याइए पनि कार्यान्वयनका सवालमा सरोकार भएका पक्षसँगको वार्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार शैक्षिक परामर्श क्षेत्रका व्यवसायी र विद्यार्थीको हितमा रहने स्पष्ट गर्दै विदेशमा गएर आर्जन हुने सीप, अनुभव र पुँजीलाई स्वदेशको विकासका प्रयोग गरिनुपर्ने बताउनुभयो ।

नेक्साका अध्यक्ष सन्तोष खनालले शिक्षा तथा खेलकुद मन्त्रालयसँग आफूहरूको पहिलो चरणको वार्ता भएको र दोस्रो चरणको वार्ताका लागि विषयवस्तुको तयारी भइरहेको बताउनुभयो । उहाँले नियमावलीमा व्यवस्था गरिएको रु २५ लाख धरौटी, ‘कन्सल्टेन्सी’का कार्यालय पूर्वाधारका शर्तहरु, विदेशमा पढ्न जाने विद्यार्थीको दायित्वका विषयमा सरकारले पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा जीवन खनाल, डा निरञ्जन कोइराला, डा विनय तामाङलगायतलाई सम्मान गरिएको थियो । उहाँहरूले ७० वर्षअघि युद्ध र गरिबीको चपेटामा परेको दक्षिण कोरियाली जनताले कडा मेहनतका साथ आफूलाई अहिले विकसित र सम्मन्न मुलुकका रुपान्तरण गरेको विषया नेपालका लागि गतिलो पाठ हुने बताउनुभयो ।

नेक्साका महासचिव गणेश बेल्वासेले ‘सिक, कमाउ र फर्क’ भन्ने अभियानका साथ आफूहरूले जिम्मेवारीपूर्वक शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेको र यसबारे आफ्नो दोस्रो वार्षिक साधारणसभामा समीक्षा हुने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार