काठमाण्डौंः महोत्तरीमा गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३० बर्षीय सन्तोष यादव जलेश्वर नगरपालिका–१ बाट पक्राउ परेका हुन् । उनी चैत १८ गते गोली प्रहार गरी फरार भएका थिए ।
यादवले औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरेका थिए ।
मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो । यादवमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया