असार २४, २०८२ मंगलबार July 8, 2025

प्रतिपक्षीद्वारा संसद्मा प्रधानमन्त्रीको आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद गगनकुमार थापाले सरकारले राम्रा काम र नराम्रा काम गरेको विषयमा संसद्मा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले बाहिर–बाहिर भाषण गरेको कुरालाई प्रमाणित गर्न संसद्मा आएर बहस गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले तथ्यांकलाई मिथ्यांक बनाएर प्रस्तुत गर्दै मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसद्मा बहस गर्न आउनुपर्ने बताए। ‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको छैन, यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु,’ उनले भने।

थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्बाट भागेर नजान आग्रह गरे  उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल पुलेसा उद्दघाटन गर्न आग्रह गरे। थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए। सत्तारुढ नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले समितिमा शक्तिका आधारमा जिम्मेवारी दिनु पर्ने माग राखे।

नेकपा विभाजन भएर एमाले भएपछि समितिमा एमालेको हैसियतअनुसारको व्यवस्था हुनुपर्ने उनले बताए। ‘जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं। यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ, प्रतिनधिसभा नियमावलीविपरीत छ,’ उनले भने।

संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं,’ उनले भने। उनले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिएका नामअनुसार हेरफेर गरिदिन आग्रह गरेका थिए। सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराएका थिए। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार