असोज ११, २०८३ आइतबार September 27, 2026

नागरिक एपमा अब स्वास्थ्य बीमा सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा स्वास्थ्य बीमा बोर्ड पनि जोडिएको छ । हाल ७५ जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधाका लागि नागरिक एपमै बीमा पत्र उपलब्ध गराइएको हो । यो सुविधाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त दिने विश्वास गरिएको छ ।

बीमा पत्रमा सेवाग्राहीको बीमा नम्बर, नाम र उमेर उपलब्ध छ । त्यस्तै कोड, पहिलो सर्भिस प्वाइन्ट, एक्पायर डेट, स्टेटस र ब्यालेन्स हेर्न मिल्ने सुविधा दिइएको छ ।

सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले सार्वजनिक गरेको नागरिक एपमा स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, मेरो गुनासो, नागरिकता, राहदानी र मतदाता परिचय पत्र लगायतका सरकारी सेवा जोडिएका छन् ।

अन्य सेवा पनि क्रमशः जोड्दै जाने योजना सरकारको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार