असार २४, २०८२ मंगलबार July 8, 2025

ओली-महन्थबीच बारम्बार भेटघाट, कसरी बढ्यो निकटता ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ। ओली-ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।

ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो। त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पूरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो।त्यसपछि ठाकुरजी प्रधानमन्त्रीप्रति आशावादी देखिनुभएको हो ।’

मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ। यो भेटघाट कहिले एक्लाएक्लै र कहिले संयुक्त हुने गरेको छ।‘मधेस आन्दोलन ठाकुरजीको अगुवाइ र नेतृत्वमा भएको हो।त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ,’

जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन्, ‘प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।’ प्रधानमन्त्रीले ठाकुरलाई सरकारको नेतृत्व गर्नसम्मको प्रस्ताव गरेको झाले दाबी गरे।‘प्रधानमन्त्रीले ठाकुरसँग सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्नेसम्म भन्नुभएको छ,’ उनले भने, ‘यस्तो प्रस्ताव अन्य पार्टीबाट आएको छैन ।’

प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठकमा पनि देखियो।कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्।उक्त बैठकमा ओलीसँग मिल्नैहुँदैन भनेर अडान राख्ने संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि ठाकुरको लाइनविपरीत बोलेनन्।, नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार