असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालयमा खाजा पकाउँदै आएका दलित हटाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएकोछ ।

बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो ।

हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गै र दलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए । “मलाई दिवा खाजा पकाउने कामबाट हटाएर अहिले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी दिइएको छ”, परिचर तेजराम सार्कीले भन्नुभयो , “मेरो ठाउँमा एक जना चन्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी दिइएको छ । मेरो पक्षमा विद्यालयका शिक्षकले समेत बोल्ने आँट गर्नुभएन ।”

तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय सरकार आएपछि आफू समस्यामा परेको बताए ।, गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार