श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आईफोनमा क्रोम ब्राउजर यसकारण प्रयोग नगर्नुहोस् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यदि तपाईं ती अर्बौं क्रोम प्रयोगकर्तामध्ये एक हुनुहुन्छ भने आजैबाट यसको प्रयोग गर्न छाडी दिनुहोस् । अझ एप्पल डिभाइस प्रयोगकर्ता हुनुहुन्छ भने त गुगलको ब्राउजर प्रयोग गर्नु अझै धेरै हानिकारक छ ।

स्टार्कको नयाँ डेटा डिस्क्लोजरले क्रोमको ‘डर लाग्दो’ वास्तविकताका बारेमा हामीलाई बताएको छ । जसमा क्रोमले एउटा नयाँ ट्रयाकिङ प्रविधि प्रयोग गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरुको गोपनीयतामाथि निकै ठूलो खतरा मडारिरहेको छ ।

बितेका केही सातामा डेटा सुरक्षा र गोपनीयताका विषयलाई लिएर फेसबुकले निकै आलोचना सहनुपर्‍यो । प्रयोगकर्ताहरुको डेटालाई आफूले सञ्चय गरेको कुरामा एप्पलसँग समेत उसको झगडा हुन पुग्यो । तर यही काम अहिले गुगल एकदमै नरम र सुक्ष्म तरिकाले गरिरहेको छ ।

फेसबुकको यो दशा नटरेसम्म गुगलले आफ्नो प्राइभेसी लेबललाई जानी जानी बिलम्ब गर्नेछ र तर पछि उसले आफ्नो फ्लेगसिप क्रोम ब्राउजरमा महत्वपूर्ण नयाँ परिवर्तन ल्याउने छ ।

गुगलले आफूले ‘प्राइभेसी फर्स्ट’ वेब चाहेको बताएको छ । सतहमा यसले ती घातक कुकिजहरुको अन्त्य गरिदिनेछ र क्रस साइट ट्रयाकिङलाई पनि बन्द गरिदिनेछ । जुन गोपनीयता संरक्षणको दिशातर्फ उसको महत्वपूर्ण कदम हुनेछ । तर गुगलले सतहमा जे देखाए पनि उसको वास्तविकता भनेको सधै पैसाकेन्द्रित छ, जुन डेटा ड्रिभन एडभर्टाइजिङसँग सम्बन्धित छ ।

डेटा हार्भेस्टिङको मामिलामा टेक उद्योगका सबैभन्दा ठूला खेलाडी भनेकै गुगल र फेसबुक हुन् । दुवै कम्पनीले आफ्नो अधिकांश आम्दानी विज्ञापनबाटै कमाइरहेका हुन्छन् । गुगलले सय अर्बभन्दा धेरै आम्दानी विज्ञापनबाटै गरेको कुराले यसलाई प्रमाणित गरिदिन्छ ।

यो कुरा त तब स्पष्ट भएको थियो, जब गुगलले एप्पल एप स्टोरमा क्रोमका लागि प्राइभेसी लेबल सार्वजनिक गर्‍यो । गुगल ब्राउजरले सफारी, एज वा फायरफक्सको तुलनामा धेरै डेटा संकलन गर्दछ ।

गत महिना पहिलो प्राइभेसी केन्द्रित ब्राउजर डकडकगोले समेत गुगलले प्रयोकगर्ताको गोपनीयता संरक्षणलाई वास्ता नगर्ने चेतावनी दिएको थियो । उनीहरुले मात्र आफ्नो निगरानीको व्यवसायिक मोडललाई वास्ता गर्छन् । यदि उनीहरु गोपनीयताबारे थोरै मात्र पनि गम्भीर हुन्थे भने अर्बौं मानिसहरुको अनलाइन निगरानी बन्द हुने थियो ।

कुनै पनि ब्राउजर चयन गर्नु भनेको एकदमै व्यक्तिगत विषयगत कुरा हो । यसको प्रयोग, गति, फिचर, सिमलेस क्रस प्लेटफर्म, विकल्प र अन्य धेरै तत्वहरु हामी पहिले बुझ्छौं । यी सबै फिचरको मामिलामा उत्कृष्ट यूजर एक्सपिरियन्स प्रदान गर्ने ब्राउजरमध्ये क्रोमले अग्रस्थानमै आउँछ ।

तर एप्पल र माइक्रोसफ्ट जसरी गुगलले आफ्नो आम्दानी सामग्री बिक्री गरेर कमाउँदैन । यसले त तपाईं हाम्रो डेटा, र टार्गेटिङ एडहरुबाट कमाउने गर्छ ।

तर अहिले डेटा माइन गर्दै पनि गुगल तपाईं हाम्रो गोपनीयतालाई संरक्षण गर्ने प्रतिबद्धता दिइरहेको छ । यो कुरा हाम्रो लागि निकै नै दुविधाजनक छ ।

गुगलले अहिले कुकिजलाई फेडेरेटेड लर्निङ अफ कोहोर्ट्स (एफएलओसी) अर्थात् (वेबमा रुचिमा आधारित विज्ञापन इनेबल गर्न सक्ने ब्राउजरको नयाँ तरिका ) बाट बिस्थापन गर्दैछ । जुन कुरा अहिले क्रोम प्रयोकगर्ताहरुको जानकारी बिना नै गुगलले परीक्षण समेत गरिरहेको छ ।

एफएलओसी आधारभूतरुपमा त्यही प्रयोगकर्ताहरुको समूह हो, जसलाई प्रयोगकर्ताको ब्राउजर पछाडि लुकेर रहेको एल्गोरिदमले जज गरिरहेको हुन्छ ।

ती लुकेर बसेका गोप्य एल्गोरिदमहरुले तपाईंले भिजिट गर्ने साइट र तपाईंका अनलाइन गतिविधिहरुलाई ट्रयाक गरी त्यसको जानकारी कुनै समूहलाई पठाउँछ ।

अब गुगलले कुनै पनि अमुक व्यक्तिलाई ट्रयाक गर्दैन, तर उसको रुचिबारे गुगल पूर्णरुपमा जानकार रही ती कुरा अन्य वेबसाइटमा शेयर गर्नेछ । डकडकगोले अब पनि गुगल प्रयोग गर्नु भनेको तपाईंबारे जानकार स्टोरभित्र छिर्नु जस्तै हुने बताएको छ ।

तर गुगलले भने एफएलओसीको बचाउ गर्दै यो प्रयोगकर्ताको गोपनीयताका लागि आजको समयमा प्रयोग भइरहेको क्रस साइट ट्रयाकिङको तुलनामा निकै सुरक्षित हुने बताउँछ ।

तर एफएलओसीलाई लिएर के गडर छ भने कुनै पनि अज्ञात समूह आइडी सजिलै पहिचान भइ त्यो इन्टरप्रिटसमेत भइ प्रयोकगर्ताहरुको आईपी एड्रेस सजिलै क्याप्चर तथा लिङ्क हुनसक्ने खतरा छ । यसरी अब कुनै पनि थर्ड पार्टीले तपाईंको य’निक आईपी एड्रेसलाई अज्ञात एफएलओसीसँग लिङ्क गरी तपाईंबारे आवश्यकता भन्दा धेरै थाहा पाउन सक्ने खतरा बढेको छ ।  टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार