श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रतिनिधिसभाका समितिमा नाम हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं: सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन् ।

परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई मनोनयन गरिएको छ ।

यसैगरी संसद्का विभिन्न समितिमा सांसदहरुको नाम थप तथा हेरफेर गरिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७” पेश गरे।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। प्रतिनिधिसभाको अर्को बैठक २०७८ वैशाख ७ गते दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार