असोज २, २०८३ शुक्रबार September 18, 2026

एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश लिन बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म नबुझेका सेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ।

बैंकले शुक्रबार लाभांश लिन बाँकी भए सो लाभांश रकमको पुर्जी बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न भनेको हो।

बैंकले भनेको छ, ‘लाभांश पुर्जी लिई सक्नुभएका सेयरधनी महानुभावहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न आग्रह गर्छौँ।’ लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।

आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित सेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका सेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो सेयर डिम्याट गराउन समेत बैंकले भनेको छ। समेत सम्पूर्ण सेयरधनी महानुभावहरुलाई यसै प्रेस विज्ञप्ती मार्फत् अनुरोध गरिएको छ ।

बैंकका अनुसार विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म सेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेबसाइटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एनआईसी एसिया क्यापिटलका कर्मचारी दामोदर रायमाझी (फोन नं. ०१५७०५९९४ एक्सटेन्सन नं. २०५) बाट प्राप्त गर्न सकिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई सभापति गगन थापाको आह्वान
२०८३ असोज २, शुक्रबार
ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
२०८३ असोज २, शुक्रबार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
२०८३ असोज २, शुक्रबार
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
२०८३ असोज २, शुक्रबार
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार