मंग्सिर १, २०८२ सोमबार November 17, 2025

एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश लिन बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म नबुझेका सेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ।

बैंकले शुक्रबार लाभांश लिन बाँकी भए सो लाभांश रकमको पुर्जी बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न भनेको हो।

बैंकले भनेको छ, ‘लाभांश पुर्जी लिई सक्नुभएका सेयरधनी महानुभावहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न आग्रह गर्छौँ।’ लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।

आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित सेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका सेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो सेयर डिम्याट गराउन समेत बैंकले भनेको छ। समेत सम्पूर्ण सेयरधनी महानुभावहरुलाई यसै प्रेस विज्ञप्ती मार्फत् अनुरोध गरिएको छ ।

बैंकका अनुसार विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म सेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेबसाइटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एनआईसी एसिया क्यापिटलका कर्मचारी दामोदर रायमाझी (फोन नं. ०१५७०५९९४ एक्सटेन्सन नं. २०५) बाट प्राप्त गर्न सकिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार