श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हाम्रो पात्रोले ज्योतिष परामर्श सेवामा ३५ प्रतिशत छूट दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय “हाम्रो अनलाइन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छूट दिने भएको छ । हाम्रो पात्रोले आफ्ना सेवाग्राहीहरुलाई हाम्रो पात्रोको एप तथा वेबसाइट दुवै प्लेटफर्ममार्फत यस्तो छूट दिने भएको हो ।

हाम्रो पत्रोसँग आवद्ध ख्याती प्राप्त ज्योतिष गुरुहरुबाट अनलाइनमार्फत आफूले चाहे अनुसारको परामर्श सेवा लिन सकिन्छ । प्रयोगकर्ताले ज्योतिषहरुसँग भिडिओ कुराकानी गरी आउँदो वर्षका लागि आवश्यक पामर्श प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रोको यो सेवा निकै लोकप्रिय रहेको छ । सेवाग्राहीहरुले आफ्नो पढाई, व्यापार, जागिर, लगन लगायतका विषयमा ज्योतिषहरुसँग परामर्श लिँदै आएका छन् ।

यो छूट चैत्र ३० गते देखि २०७८ को वैशाख ५ सम्म लागु हुनेछ । हाम्रो पात्रोका अनुसार इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ बजेदेखि ९ बजेका बीचमा यो सेवा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरका लागि उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय कार्डका साथै ई सेवा, कनेक्ट आईपीएस र खल्तीबाट यसको भुक्तानी गर्न सकिन्छ ।  यो सेवा सन्सारका जुनसुकै देशबाट लिन सकिने हाम्रोपात्रोले जनाएको छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार