बैसाख २६, २०८३ शनिबार May 9, 2026

हाम्रो पात्रोले ज्योतिष परामर्श सेवामा ३५ प्रतिशत छूट दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय “हाम्रो अनलाइन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छूट दिने भएको छ । हाम्रो पात्रोले आफ्ना सेवाग्राहीहरुलाई हाम्रो पात्रोको एप तथा वेबसाइट दुवै प्लेटफर्ममार्फत यस्तो छूट दिने भएको हो ।

हाम्रो पत्रोसँग आवद्ध ख्याती प्राप्त ज्योतिष गुरुहरुबाट अनलाइनमार्फत आफूले चाहे अनुसारको परामर्श सेवा लिन सकिन्छ । प्रयोगकर्ताले ज्योतिषहरुसँग भिडिओ कुराकानी गरी आउँदो वर्षका लागि आवश्यक पामर्श प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रोको यो सेवा निकै लोकप्रिय रहेको छ । सेवाग्राहीहरुले आफ्नो पढाई, व्यापार, जागिर, लगन लगायतका विषयमा ज्योतिषहरुसँग परामर्श लिँदै आएका छन् ।

यो छूट चैत्र ३० गते देखि २०७८ को वैशाख ५ सम्म लागु हुनेछ । हाम्रो पात्रोका अनुसार इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ बजेदेखि ९ बजेका बीचमा यो सेवा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरका लागि उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय कार्डका साथै ई सेवा, कनेक्ट आईपीएस र खल्तीबाट यसको भुक्तानी गर्न सकिन्छ ।  यो सेवा सन्सारका जुनसुकै देशबाट लिन सकिने हाम्रोपात्रोले जनाएको छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार