श्रावण ३०, २०८३ शनिबार August 15, 2026

कारागारसम्बन्धी प्रतिवेदन पास – कारागारमा रहेका महिलालाई प्रजनन् अधिकारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई प्रजनन् अधिकारको व्यवस्था गर्ने नयाँ प्रावधान रहेको छ । कारागार व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई पनि दिने व्यवस्था रहेको छ ।

प्रतिवेदनमा कारागारमा रहेका बखत, बन्दीसँग सम्बन्धित मुद्दाको सुनुवाइका बखत वा अदालतबाट सोधपुछ गर्दा वा बयान लिँदा बन्दीलाई हतकडी नलगाउने व्यवस्था गरिएको छ ।

कसैले कुनै बन्दीविरुद्ध यौन दुव्र्यवहारसम्बन्धी कसूर गरेमा प्रचलित कानूनबमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

समितिका सभापति शशि श्रेष्ठले ज्येष्ठ नागरिकलाई अन्य कुरामा कानूनी छुट भए पनि बालिका बलात्कार वा सामूहिक बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई छुट दिन नसकिने प्रतिवेदनमा व्यवस्था गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार