बैसाख ६, २०८२ शनिबार April 19, 2025

नेकपा सचिवालय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।

यसअघि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टी सञ्चालनका सन्दर्भमा लामो छलफल गरिसकेका छन् । पार्टीमा सबै नेतालाई विश्वासमा लिएर अघि बढ्ने सन्देश प्रधानमन्त्रीले दिएको निकट स्रोतले जनाएको छ ।

अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिएका छन । नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधामनन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताएका छन ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली लामो समय उपचारका लागि विदेश जानेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री लामो समय अनुपस्थित हुँदा सरकारको काम कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा ईश्वर पोखरेलमार्फत अघि बढाइनेछ ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् । पुनगर्ठित मन्त्रिपरिषदमा केन्द्रीय सचिवालयका बरिष्ठतम नेता पोखरेलनै कायम रहने भएकाले कार्यवाहक प्रधानमन्त्रीका रुपमा सरकारका नियमित काम अघि बढाउनेछन् ।

यता पार्टीका नियमित काम अघि बढाउन अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिने तयारी छ । यसअघिनै ओलीले प्रचण्डलाई पार्टी कामको कार्यकारी भूमिका दिने सहमति थियो । तर यसबीचमा प्रचण्डले एकपटक ओलीको अनुपस्थितिमा बैठक राखेर केही निर्णय गरे बाहेक उनले सो भूमिका भने पाएका छैनन् ।

स्रोतका अनुसार ओलीले परिभाषित रुपमै प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिएर स्वास्थ्योपचारमा जाने सम्भावना छ । यद्यपि प्रधानमन्त्री स्वास्थ्योपचारका लागि विदेश जानेबारे अहिलेसम्म कुनै जानकारी भने दिइएको छैन ।

पार्टी एकता सम्बन्धी लगभग सबै काम टुंगो लागिसकेकाले अब नियमित काम अध्यक्ष ,महासचिव र सचिवालयमार्फत हुने नेकपा नेताहरु बताउँछन् । सम्भवतः नेकपा स्थायी कमिटी बैठक पनि चाँडै बस्नेछ ।

बिधान अनुसार प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक करिब एक वर्षदेखि बस्न सकेको छैन । स्थायी कमिटी बैठक नबस्दा बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसमेत निर्णय हुन सकेको छैन । त्यसका लागि स्थायी कमिटीबाट विधान संशोधन गराउनुपर्छ ।

पछिल्लो समय आयोग अध्यक्षहरुको समेत निर्णय भइसकेकाले अब आयोग तथा केन्द्रीय निकाय र विभागका सदस्यहरुको एकीकरण हुन बाँकी छ । केन्द्रीय बिभागका सदस्यहरुको बारेमा सम्बन्धित बिभागका प्रमुखले नाम पेश गरेर सचिवालयले टुंगो लगाउने विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार