भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

४ महिनामा पुँजिगत खर्च ६ प्रतिशत मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन-कात्तिक)मा पुँजिगत खर्च गर्न सरकार फेरि पनि कमजोर देखिएको छ । चार महिनामा मात्र ६.०५ प्रतिशत पुँजिगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको तथ्यांक अनुसार चार महिनामा २४ अर्ब ७१ करोड रुपैयाँ पुँजिगत खर्च भएको हो । यस आवमा सरकारले कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजिगत खर्चको लक्ष्य राखेको छ ।

सरकारले यस अवधिमा सोचेअनुसार पुँजिगत खर्च गर्न नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले स्वीकार गरेका छन । ‘पुँजिगत खर्च सोचेअनुसार हुन नसकेको सत्य हो,’ आइतबार कर दिवसको अवसर पारी आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘तर, तर अर्थतन्त्रका धेरै सूचक यसबीचमा सकारात्मक छन् ।’

तथ्यांकअनुसार यस अवधिमा चालु खर्च भने २०.५७ प्रतिशत पुगेको छ । कूल ९ खर्ब ५७ अर्ब चालु खर्चको लक्ष्य राखिएकोमा यस अवधिमा १ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुँजिगत खर्च भइसकेको छ । सरकारले यस वर्ष कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारको ढुकुटीबाट अहिलेसम्म १४.७३ प्रतिशत बजेट खर्च भएको छ । चार महिनामा २ खर्ब २५ अर्ब ६८ करोड रुपैयाँ बजेट खर्च भएको सरकारी तथ्यांक रहेको छ ।

राजस्व २२ प्रतिशत उठ्यो

चार महिनाको अवधिमा सरकारले कूल लक्ष्यको २२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रकको तथ्यांकअनुसार यस वर्ष सरकारले कूल ११ खर्ब १२ अर्ब राजस्वको लक्ष्य राखेको थियो ।

कात्तिक मसान्तसम्म २ खर्ब ४६ खर्ब ४५ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यस वर्ष राजस्व संकलनको वृद्धिदर भने लक्ष्य अनुसार हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार