काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी विरुद्ध नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटर एक ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न आह्वान गर्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया