असोज २, २०८३ शुक्रबार September 18, 2026

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गभर्नर चिरञ्जीवि नेपालले नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको बताएका छन् । पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनको टिप्पणी छ ।

‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’

बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले घरघरमा पैसा सजिलै पुगिरहेको बताएका छन ।

‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्,’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’

सर्वसाधारण मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको उनले बताएका छन । बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा पनि उनले गुनासो गरेका छन ।

‘बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरुले उद्यमशील कसरी बन्ने भन्नेबारे थाहा नपाएका हुन्,’ गभर्नर नेपालले भने ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताएका छन । बोर्डकै आयोजनामा यस अघि काठमाडौं र को विराटनगरमा पुँजी बजार प्रदर्शनी सम्पन्न गरिएको भन्दै यस्ता प्रदर्शनीले शेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकबारे नकरात्मक हल्ला भएको गुनासो गरेका छन । बैंकले दुःख दियो भनेर कहिलेकाहीँ गुनासो आउने गरेको भन्दै उनलउे धेरै गुनासाहरु बैंकिङ सेवाबारे जानकारी नभएका कारण आउने गरेको शेरचनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई सभापति गगन थापाको आह्वान
२०८३ असोज २, शुक्रबार
ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
२०८३ असोज २, शुक्रबार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
२०८३ असोज २, शुक्रबार
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
२०८३ असोज २, शुक्रबार
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार