मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अग्निपीडितलाई तत्काल राहत दिन्छौं: मुख्यमन्त्री राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उहाँले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको बताउनुभएको हो ।

“आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजङ्गलमा लागेको आगो विस्तारै नियन्त्रणमा आएपनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ” उहाँले भन्नुभयो, “आगोबाट छाना, खाना र नाना गुमाएका अग्निपीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।”

मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्राकृतिक प्रकोपका अलवा मानवीय त्रूटि, अव्यवस्थित बसोबास र कमजोर विद्युतीय उपकरण प्रयोगका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले विपद्बाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिदैं सरकारबाट उपलब्ध हुने राहतले तत्कालका लागि समस्या समाधन गरे पनि स्थानीय समुदायकै साथले दीर्घकालीन संरचना निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तत्कालका लागि राहतका कार्यक्रम ल्याएर सकेको सहयोग त गर्छ नै तर छरछिमेकीको सहयोग नै यस्तो बेला महत्वपूर्ण हुन्छ ।”

ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिखु–८ का गोविन्द पौडेल र उहाँका भाइ वडा नं ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घरमा बिहीबार राति आगलागी हुँदा रु ५० लाखभन्दा बढीको क्षति भएको थियो । वर्षात्सँगै परेको चट्याङका कारण आगलागी हुँदा ढुङ्गा, सिमेन्ट र जस्ताले बनेको दुईवटा पक्की घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिनुभएको छ ।

गाउँपालिका अध्यक्ष पौडलका अनुसार आगलागीका कारण घरसहित नजिकै टहरालगायत अन्य संरचना पनि केही बाँकी नरहने गरी नष्ट भएको छ । बिहीबार राति २ः१५ परेको चट्याङका कारण शुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा शुक्रबार ६ः०० बजे मात्र निभाइएको थियो । सबैको प्रयासमा नजिकै रहेको अर्को एउटा घर भने जोगाइएको छ । आगलागी भएपछि भाग्ने क्रममा गाउँपालिकाका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् । कुनै मानवीय क्षति भने भएको छैन ।

ओखलढुङ्गामा पछिल्लो एक महिनायता दैनिकजसो आगलागीका घटना भइरहेका छन् । हरेक दिन हुने आगलागीका घटनाबाट दर्जनौँ घर गोठ तथा वनजङ्गल जलेर नष्ट भएका छन् । मन्त्री गुरुङको पहलमा मुख्यमन्त्री राई अग्निपीडित गाउँपालिकाका अध्यक्षलाई भेट्न शुक्रबार साँझ ओखलढुङ्गा आउनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार