असार २३, २०८२ सोमबार July 7, 2025

पेस्तोल सहित एक युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिम नवलपरासीको सुस्ताबाट एक व्यक्तिलाई प्रहरीले गोली लोड भएको पेस्तोलसहित पक्राउ गरेको छ । सुस्ता गाउँपालिका ५ अन्तर्गत पर्ने नारायणी नदीको ठोक्कर नम्बर ४ नजिकबाट सुस्ताकै तरेनी बस्ने २२ वर्षीय सुनिल भेडियार पाललाई एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल र त्यसमा लाग्ने गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट युपी ५७ ए जेड ५०१९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा हतियार र नगद ४ हजार १ सय ५० रुपैयाँ, १ थान मोबाइलसहित पाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

गोप्य सुराकीको आधारमा प्रहरीचौकी रामनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लोड भएको पेस्तोलसहित पाललाई नियन्त्रणमा लिएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । सुस्ता गाउँपालिकाको दक्षिणी सिमावर्ती नाकामा अवैध क्रियाकलाप मौलाइरहेको अवस्थामा प्रहरीले पेस्तोलसहित अभियुक्त नियन्त्रणमा लिनुलाई उपलब्धि मानिए पनि यसको पछाडि ठुलो गिरोहको सङ्लग्नता रहेको अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया