मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पूर्वराजदम्पतीलाई कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरु भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका थिए ।

शनिबार दिल्लीमा गरिएकाे  पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि शाह दम्पती आइतबार स्वदेश फर्केकाे बताईएको थियाे।

तर काठमाडाैँ पुगेपछि साेमबार पुन: गरिएकाे परीक्षणमा काेराेना संक्रमण पुष्टि भएकाे पूर्वराजाकाे सचिवालय श्राेतले जानकारी दिएकाे छ।

कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। आदित्यनाथ र पूर्वराजाबीच हरिद्वारमा भेट भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार