श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज देशभर १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ७ सय ३८ नमुनाको परिक्षण गर्दा १ हजार ७ सय ३६ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ५ सय ५०, बाँकेमा २ सय ६९, रुपन्देहीमा र  ललितपुरमा १ सय ५ जना कोरोना संक्रमित भएका छन् भने बाँकी जिल्लामा सय भन्दा कम सङ्ख्यामा संक्रमित भेटिएका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार आज १९ वर्ष भन्दा कम उमेरका १ सय ९३ जनामा कोरोना संक्रमण हुँदा २० देखी ४९ वर्ष उमेर समूहका व्यक्तिहरूमा संक्रमण हुने दर उच्च रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय २ पुगेको छ । आज २ सय ५१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार