श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा ९ महिनामै भित्रियो ५८ लाख थान मोबाइल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइलको बिक्रीमा उल्लेख वृद्धि भएको छ । भन्सार विभागले हालै जारी गरेको चैत महिनासम्मको तथ्याङ्कले नेपालमा मोबाइलको बिक्री ठूलो मात्रामा वृद्धि भइरहेको देखाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार यो चैत महिनासम्म कूल ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ । जुन अघिल्लो वर्षकाे यही अवधि (९ महिना) काे तुलनामा १४ लाख बढी हो ।

तथ्याङ्कअनुसार यो चैतसम्म २९ अर्ब ६४ करोड १८ लाख भन्दा बढीको ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ ।

अघिल्लो आवमा चैतसम्म १४ अर्ब ६२ करोड ९ लाख बराबरको ३८ लाख ४७ हजार ३ सय ४ थान भित्रिएको थियो । भने, उक्त आवको अन्त्यसम्म २८ अर्ब ७९ करोड १४ लाख बराबरको कूल ४३ लाख ६५ हजार ९ सय ९० मोबाइल भित्रिएको थियाे ।

यो हिसाबले हेर्ने हो भने अघिल्लो आवमा भित्रिएको मोबाइलभन्दा चालू आव २०७७/०७८ को ९ महिनामै १४ लाखभन्दा बढी मोबाइल भित्रिसकेको छ । यसले पनि नेपालमा पछिल्लो समय मोबाइलको आयातसँगै बिक्री पनि बढिरहेको जनाउँछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार