मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि असम्भव : पूर्वराष्ट्रपति डा. यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

ओखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उहाँले दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताउनुभएको हो ।

पूर्वराष्ट्रपति यादवले सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरुमा दलहरुबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको बताउनुभयो ।

“दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ ।”

संसद विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनानुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिनुभयो । उहाँले विद्यार्थीकोे सिकाइ सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिनुभयो ।

कर्यक्रममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, सांसद यज्ञराज सुनुवार, संविधानसभा सदस्य तथा काँग्रेस नेता रामहरि खतिवडा, प्रदेशसभा सदस्य मोहन खड्कालगायतले यो विद्यालयले विगतमा पनि देशका लागि उच्चकोटीका विद्यार्थी उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार