श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एक सातादेखि अवरुद्ध हुम्लाको इन्टरनेट सेवा सूचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा विगत सात दिनदेखि अवरुद्ध इन्टरनेट सेवा शुक्रबार दिउँसोबाट सूचारु भएको छ ।

कालिकोट जिल्लाको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आएपछि अबरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि शुक्रबार दिउँसो तीन बजेबाट पुनः सञ्चालनमा आएको हो ।

शनिबार बेलुकाबाट अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जन बढी बैंक तथा बित्तीय संस्थालाई सहज भएको छ ।

महाबुलेखमा रहेको रिपिटर टावरमा पुगेको प्राविधिकको टोलीले रिपिटर टावरमा बिग्रिएको सामग्रही परिवर्तन गरेपछि आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम हुम्लाका प्रमुख शिव भट्टराईले बताए ।

इन्टरनेट नहुँदा ७ दिनदेखि ठप्प रहेको जिल्लाका बैंक तथा वित्तीय संस्थाहरुको कारोबार ईन्टरनेट सेवा सूचारु भएसँगै सम्पुर्ण सेवाहरु सञ्चालनमा आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार