मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

दमौलीमा बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र पसल खोल्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताललगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

कोभिडको लक्षण देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पीसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसङ्ख्या शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । सङ्क्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिड उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना हुन नगरपालिकाले आग्रह गरेको छ ।

साथै तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दशवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्य कार्यालयलगायतको सहभागिता थियो ।

परीक्षा यही वैशाख २१ गतेदेखि

कोरोनाको जोखिम बढ्दै गएपछि नगरपालिकाले जेठ दोस्रो सातादेखि गर्न लागेको परीक्षालाई यही वैशाख अन्तिम सातादेखि सञ्चालनको तयारी गरेको छ । जेठ ९ गतेदेखि गर्न लागिएको परीक्षालाई वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “वैशाख २१ गतेदेखि परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेका छौँ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

बाल विकासदेखि कक्षा ९ सम्मको परीक्षाको मिति तय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै विद्यार्थी भएका विद्यालयमा तीन चरणमा परीक्षा सञ्चालन हुने छन् । “कोभिडको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न प्रधानाध्यापकलाई निर्देशन दिइएको छ,” रेग्मीले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार