जेठ २३, २०८३ शनिबार June 6, 2026

तरकारीमा विषादी जाँच्न अत्याधुनिक प्रविधि जडान गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा तरकारी र फलफूल आयात हुने भारत र चीनसँगको सीमानाकामा विषादी परीक्षण गर्न अत्याधुनिक प्रविधि जडान गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ वटा नाकामा त्यस्ता प्रविधि जडान गरिन लागेको हो ।

उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन ।

नयाँ जडान गरिने १२ मध्ये एउटा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा, ९ वटा नेपाल-भारत भन्सार नाकामा र दुई वटा नेपाल-चीन सीमानाकामा जडान गरिने विभागले जनाएको छ । प्रवक्ता महर्जनका अनुसार उपकरण खरिदका लागि १० करोड हाराहारी खर्च लाग्ने छ ।

नयाँ प्रविधिमार्फत विषादी परीक्षणको तालिम दिन विभागले केही कर्मचारीलाई भारत पठाएको छ । गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने व्यवस्था गरेको थियो ।

नेपाल सरकारको उक्त कदमप्रति भारतले गम्भीर चासो व्यक्त गरे पछि उद्योग मन्त्रालयले व्यवहारिक कठिनाई भन्दै निर्णय फिर्ता गरेको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भारतको दाबी थियो ।

नेपाल(भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निर्माणपछि मात्रै निकासी पैठारी नीति पूर्ण कार्यान्वयनमा लैजान मन्त्रालय तयार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार