काठमाण्डौंः बाँकेमा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् ।
शनिबार साँझ बाँकेको कोहलपुर नगरपालिका–९ का ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनी कोरोना संक्रमणपछि होम आइसोलेशनमा बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बैशाख ३ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।
शनिबार साँझ पौने सात बजेतिर आफ्नै कोठामा झुण्डिएको अवस्थामा खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया