श्रावण १२, २०८१ शनिबार July 27, 2024

गोरखा संग्रहालय मंसिरदेखि माघसम्म साताभरी नै खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै गोरखा संग्रहालय तीन महिनाका लागि साताभरी नै खुल्ने भएको छ । यस अघि मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुँदै आएको थियो ।

बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै मंसिरदेखि माघसम्म हरेक दिन संग्रहालय खोल्ने निर्णय गरिएको कार्यालयकी सूचना अधिकारी सुनिता भडेलले बताइन् । ‘असोजदेखि माघ महिना पर्यटक अत्याधिक आउने सिजन हो,’ उनले भनिन्, ‘चाडवाड भएर असोज र कात्तिकमा सँधै संग्रहालय खोल्न सकेनौं, अबको तीन महिना सँधै खुल्छ ।’

मंगलबारका दिन आवश्यक कर्मचारीलाई मात्र बोलाउने उनले बताइन् । ‘भएका कर्मचारी मध्ये पालैपालो गरी ग्यालरीमा आवश्यक पर्ने मात्र बोलाउँछौ, त्यो दिन आएबापत उनीहरुले तलवको अलावा दैनिक ६ सय रुपैयाँ पाउनेछन्,’ उनले भनिन् । शनिबार पर्यटकको चाप हुने भएकाले पुरातत्व बिभाग अन्तर्गतका संग्रहालयहरु मंगलबार बन्द गर्ने प्रावधान रहेको उनले जानकारी दिइन् । हरेक दिन संग्रहालय खुल्दा पर्यटकको संख्या बढ्ने र राजश्वमा बृद्धि हुने उनको भनाइ छ ।

असोज महिनाको तुलनामा कात्तिकमा संग्रहालय घुम्न आउने पर्यटकको संख्या चार गुणाले बढेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कात्तिक महिनामा मात्रै १६ हजार ४० जनाले संग्रहालय अवलोकन गरेका छन् । असोजमा ४ हजार ६५२ जनाले संग्रहालयको अवलोकन गरेका थिए । कात्तिक महिनाको ३० गते मात्रै २ हजार ९८६ जनाले संग्रहालय अवलोकन गरेको भडेलले जानकारी दिइन् । ‘यो शैक्षिक भ्रमणको सिजन हो त्यसैले यहा आउने मध्य सबैभन्दा बढी बिद्यार्थी नै हुन्छन्,’ उनले भने ।

नेपाल एकीकरणको उद्गम थलो भएकाले इतिहास बुझ्न पर्यटकहरु आउने गरेको उनी बताउँछिन् । संग्रहालयमा १३ वटा ग्यालरी रहेका छन् । बिभिन्न जातजातिको भेषभूषा कक्ष, शाह राजाको वंशावली कक्ष, तेलिय चित्र कक्ष, हातहतियार कक्ष, जन्मकुण्डली कक्ष, बाजागाजा कक्ष लगायतका ग्यालरी रहेको उनले बताइन् । संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाई १०, नेपाली पर्यटकलाइ २५, सार्क राष्ट्रका नागरिकलाई ५० र बिदेशी पर्यटकलाई १०० रुपैया प्रवेश शुल्क रहेको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार