मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बर्दियामा आजबाट एक सातासम्म निषेधाज्ञा – वित्तीय सेवाका एटीएमबाहेक सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बर्दियामा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना हटस्पट बाँके र भारतीय सीमासँग जोडिएको बर्दियामा कोरोना सङ्क्रमणका बिरामी दिनानुदिन बढ्दै गएपछि कोरोना सङ्क्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञाको घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले बर्दियामा कोरोनाको जोखिम कम गर्न १३ देखि १९ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दियामा पनि पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा र विकास निर्माणका कार्यबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै बन्द रहने भएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले वित्तीय सेवाका एटीएमबाहेक सबै सेवा बन्द रहने जनाए ।

सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ७७ पुगेको बर्दियामा सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २० जना अस्पतालमा छन् भने बाँकी दुई सय ५७ जना होम आइसोलेसनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार