असार २५, २०८२ बुधबार July 9, 2025

सीसीएमसीको सिफारिस: उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस अनुसार काठमाडौं सहित देशका नौ वटा जिल्लामा तत्कालन निषेधाज्ञा लागु गरिने भएको छ । तत्काल निषेधाज्ञा लागु हुने जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्की रहेका छन् ।

सीसीएमसीले तराईमा ५ सय र पहाडमा २ सयजना सक्रिय कोरोना संक्रमित देखिएमा निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको थियो । तर लकडाउनको अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञाका लागि आवश्यक छलफल गर्न निषेधाज्ञाको तयारी सरुप काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शुरक्षा प्रमुखहरुको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।बैठकले कोरोनाको जोखिमलाई हेरेर कसरी अगाडि बढ्ने भन्ने बिषयमा निर्णय लिने बताइएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्कीमा ५ सय जना भन्दा बढी कोरोना संक्रमित छन्। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया