मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल आउने भारतीयलाई काँकडभिट्टा नाका प्रवेशमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतबाट नेपाल आउने भारतीयहरूलाई पूर्वी नाका काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको छ । आजैबाट भारतबाट नेपाल आउने भारतीयहरूलाई काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको हो ।

भारतमा तीव्र रुपमा कोभिड १९ को संक्रमण फैलिएको र नेपालमा पनि बढ्दै गएकोले नेपाल आउने भारतीयहरूलाई आजैबाट काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले बताउनुभयो ।
उहाँले भारतबाट आउने नेपालीलाई पीसीआर टेस्टको रिपोर्ट हेरेर छोड्ने र नेपालबाट भारत जानेहरूलाई पनि परिचयपत्र देखाएर छोड्ने गरिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया