काठमाण्डौंः प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।
सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। जिल्लामा हालसम्म ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन्। तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया