मंसिर २२, २०८० शुक्रबार December 8, 2023

आजै मन्त्रिपरिषद पुनर्गठनको तयारी,ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तिम चरणमा छलफल तीव्र भएको छ।

यस विषायमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच केहीबेर अघिबाट बालुवाटारमा छलफल सुरु भएको छ।

ओलीसँग छलफलका लागि प्रचण्ड खुमलटारबाट सिधै वालुवाटार गएका हुन्। त्यसअघि प्रचण्डले आफ्नै निवासमा बिहान ऊर्जामन्त्री वर्षमान पुनसँग छलफल गरेका थिए।

ओली-प्रचण्डबीच छलफलपछि दिउँसो साढे १२ बजेका लागि सचिवालयक बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहरका सूर्य थापाले जानकारी दिएका छन।

‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भैरहेको छ’ थापाले भने, ‘आज साढे १२ बजे बस्ने सचिवालय बैठकपछि त्यस विषयले निष्कर्ष पाउँछ।’

मन्त्रिपरिषद पुनर्गठनको विषयमा दुवै अध्यक्षबीच छलफलका लागि मंगलबार साँझै समय तोकिएको थियो। तर, प्रचण्ड उपत्यकाका बाहिर रहेकाले बुधबार बिहान बैठक बस्न लागेको हो।

दुवै अध्यक्षबीच छलफल पछि सचिवालय बैठक बस्ने बताइएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार