काठमाडौंः नेपालमा थप ५ हजार ६ सय ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार २४६ पुगेको छ ।
काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया