असार २५, २०८२ बुधबार July 9, 2025

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले राजधानीसित भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउ“छन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ ।’

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य ‘कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने’मा जोड दिन्छन् । ‘कठिन स्थितिमा आफैंलाई राज्य सम्झेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘केही दिनयता गम्भीर संक्रमित संख्या बढ्दोक्रममा छ ।’ राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार