श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोनाका कारण चितवनमा दुईको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार